Show Summary
# Audio Sentence (Transcript)
25781 यो प्रस्तावको समर्थन गर्न चाहन्छु र यो प्रस्ताव उप
25782 माननीय डाक्टर सुनिल कुमार शर्माले धेरै कुरा गरिसक्नुभएको छ। यो प्रस्तावको मैले पनि अध्ययन गरेको छु
25783 र यो समर्थन गरिरहँदा स्वास्थ्य सम्बन्धी राज्यले गर्नुपर्ने
25784 दायित्वका सम्बन्धी र एउटा राज्य र जनताका सम्बन्धमा सम्बन्धका सम्बन्धी
25785 म केही आफ्ना धारणाहरू राख्न चाहन्छु
25786 सम्मानीय सभामुख महोदय सर्वप्रथम त २०७२ सालको ७२ सालमा हामीले निर्माण गरेको संविधान
25787 जनपक्षीय र जनताको पक्षमा जनताद्वारा निर्माण गरेको एउटा संविधान हो।
25788 यो संविधानको भाग ३ अन्तर्गत
25789 मौलिक हक र कर्तव्यमा धारा ३५ का विभिन्न उपधाराहरूमा हामीले स्वास्थ्य सम्बन्धी
25790 संविधानको यही धारा ३५ को उपधारा ३ मा हामीले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनेर भनेका छौं