Show Summary
# Audio Sentence (Transcript)
10251 प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव २०८१ माथि संशोधन पेश गर्ने संशोधनकर्ता माननीय सदस्य डाक्टर बेदुराम भुसाललाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन चाहनुहुन्छ भने उक्त संसद प्रस्ताव फिर्ता लिन समय दिन्छु
10252 सामान्य अध्यक्ष महोदय
10253 मन्त्रीजीले दिनुभएको जवाफ चित्त बुझेन
10254 खासगरीकन विधायन ऐन विपरीतका प्रावधानहरू
10255 नियमावलीमा गएर सच्याउन सकिँदैन कार्यान्वयनमा गएर पनि सच्याउन सकिँदैन
10256 यो सच्याउनै नसक्ने कुरो व्यवहारमा गएर सच्याउँला भन्ने खालको जवाफ दिएर
10257 यो पुग्दैन। यो चाहिँ जिम्मेवारपूर्ण जवाफ होइन
10258 यो वास्तवमा सच्याउनै पर्ने मिलाउनै पर्ने विषय थियो। यस्तो विषयमा पनि सच्याउन मिलाउन
10259 सरकार तयार नहुने मन्त्रीजी तयार नहुने कुरा चाहिँ उचित रहेन
10260 त्यसले गर्दा मैले यो संशोधनलाई फिर्ता लिन सक्दिन