Show Summary
# Audio Sentence (Transcript)
17081 सम्मानित सदनमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न
17082 प्रतिस्थापन विधेयक प्रस्तुत गरेको छ। यो विधेयक आफैमा
17083 विशेषगरी आर्थिक र आर्थिक तथा व्यावसायिक क्षेत्रको वातावरण सुधार गर्न र लगानी प्रवर्द्धन गर्न भन्ने विषयमा आएको छ।
17084 र म आज अलिक फरक किसिमले प्रस्तुत हुँदै प्रतिपक्षको भूमिका निर्वाह गर्दै पनि
17085 सरकारको म समर्थन गर्न चाहन्छु र विशेष धन्यवाद पनि ज्ञापन गर्न
17086 विशेषगरी वैदेशिक लगानी प्रवर्द्धन गर्नको लागि
17087 बैंक तथा वित्तीय संस्थाको समस्या सुल्झाउनको लागि कम्पनी दर्ता र खारेजी
17088 भएका अप्ठ्याराहरूलाई सहजीकरण गर्नको लागि विशेष आर्थिक क्षेत्रमा उद्योग धन्दाहरु स्थापना गर्नको लागि
17089 र समग्र निजी क्षेत्रलाई प्रवर्द्धन गर्न तथा आर्थिक र व्यावसायिक वातावरण सहज बनाउन
17090 अध्यादेश मार्फत नै भएपनि सरकारले केही प्रयास गरेको छ।