Show Summary
# Audio Sentence (Transcript)
17401 र लगानीको पनि वातावरण छैन भनिरहेको बेलामा यसको नाम चाहिँ असाध्यै राम्रो छ।
17402 नामको लागि मैले धन्यवाद दिन चाहेँ। यसमा तर पनि
17403 मैले थोरै संशोधन राखेको छु। दुई तीनवटामा मात्र
17404 एउटा खासगरी भन्ने हो भने यो कालोबजारी तथा केही
17405 अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को बारेमा
17406 एउटा संशोधन राखेको छु। यसमा के भनिएको छ भने खासगरी
17407 सरकारले तोकेका मालवस्तुको बारेमा २० प्रतिशतभन्दा बढी
17408 यदि कसैले नाफा लियो, अभावको फाइदा उठाएछ भने
17409 त्यस्तो अवस्थामा जसरी मुद्दा चलाउने व्यवस्था र
17410 एक वर्षसम्म कैद गर्ने २ लाख ५० हजारसम्म जरिमाना गर्ने या दुवै गर्ने भन्ने जो व्यवस्था कायम गरिएको थियो त्यसलाई