Show Summary
# Audio Sentence (Transcript)
23261 तेस्रो कुरा मैले सेवाविस्तार सम्बन्धी कुरा गर्न चाहन्छु
23262 स्वास्थ्य बीमा प्याकेजमा सीमित राखिएका सेवाहरूमा विस्तार गरी
23263 विशिष्टकृत उपचारहरू जस्तै क्यान्सर मिर्गौला मुटु रोग लगायतका
23264 गम्भीर रोगहरूलाई पनि यसमा समावेश गरियोस्। हाल छरिएर रहेका
23265 यसको सबभन्दा ठूलो कुरा स्रोत हो, बीमा
23266 सफल नहुनेमा स्रोतकै कुरा हो। त्यसमा चाहिँ अहिले भर्खरै पनि
23267 कति छलफलहरूबाट निस्केको कुरा माननीय मन्त्रीज्यूलाई थाहा छ
23268 कि ८० वटाभन्दा बढी स्वास्थ्य सम्बन्धी योजनाहरूलाई एकीकृत गरेर
23269 एउटै स्वास्थ्य बीमा कोष निर्माण गर्न सकिन्छ र यसले श्रोत व्यवस्थापनमा दिगोपन र
23270 पारदर्शिता सुनिश्चित गर्न सक्छ र लास्ट चौथो कुरा चाहिँ के भने