Show Summary
# Audio Sentence (Transcript)
24371 आजको सरकारले गर्दाखेरि भएको हो भनेर भन्ने ढंगले प्रस्तुत गर्दाखेरि
24372 मलाई त अचम्म लागिराख्छ। के यो आठ महिनाको सरकारले
24373 गिरासी निराश बनायो। आज जति मान्छे विदेश गए युवाहरु विदेश गएका छन्
24374 आठ महिनामा मात्रै विदेश गए। देश ऋणमा चल्यो आज मात्रै ऋणमा चल्यो
24375 हिजो ऋणै लिएको थिएन यस्तो खालको तर्क त नगरौं
24376 यो तर्क होइन यस्तो दलिल यस्तो कुतर्क प्रस्तुत गरेर
24377 हामीले आफ्नो जिम्मेवारी निर्वाह गरेको ठहरिँदैन त्यसैले
24378 अनुरोध गर्न चाहन्छु प्रश्न यो हामीले हिजो प्रतिपक्ष हुँदा पनि गरेका थियौं
24379 प्रतिपक्षमा हुँदा पनि उठाएका थियौँ। सुशासनको कुरा गरिराख्दाखेरि
24380 हामीले त्यतिखेरको सरकारलाई भनेका थियौँ, सुशासनको कुरा आज दिनदिनै